Tikho News
Thursday, September 11, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Tikho News
No Result
View All Result

Home » दिल्ली क्यापिटल्सले २० रनले हरायो राजस्थान रोयल्सलाई

दिल्ली क्यापिटल्सले २० रनले हरायो राजस्थान रोयल्सलाई


दिल्ली क्यापिटल्सले २० रनले हरायो राजस्थान रोयल्सलाई

 इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स २० रनले विजयी भएको छ । मंगलबार राति भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई पराजित गर्दै तालिकामा १२ अङ्क थप गर्दै पाँचौँ स्थानमा उक्लिएको छ ।यता  राजस्थानले लगातार दोस्रो हार व्यहोर्दा दोस्रो नै स्थनमा रहेको छ । दिल्लीको जितपछि प्लेअफ समिकरण भने थप रोचक बनेको छ । शीर्ष स्थानमा रहेको कोलकाता नाइट राइडर्सको १६ अङ्क रहेको छ भन राजस्थानको पनि समान १६ अङ्क रहेको छ ।मंगलबार राति टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर २२१ रन बनाएको थियो । जवाफमा राजस्थानको टोलीले ८ विकेट गुमाएर २०१ रनमात्रै बनाएपछि २० रनको पराजय भोग्न पुग्यो । जीतपछि दिल्ली प्लेअफको दौडमा कायमै रहेको छ भने राजस्थानलाई प्लेअफ पक्का गर्न अझैं कुर्नु पर्ने छ ।राजस्थान रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । जुन पावर प्लेको क्रममा नै गलत साबित भएको थियो । दिल्ली क्यापिटल्सका लागि इनिङ्स ओपन गर्न आएका जेक फ्रेजर–म्याकगुर्क र अभिषेक पोरेलले पहिलो विकेटका लागि ६० रन जोडे । यस क्रममा म्याकगुर्कले १९ बलमा आफ्नो अर्धशतक पूरा गरे र उनी आईपीएलमा २० भन्दा कम बलमा सर्वाधिक अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान पनि बने । पाँचौँ ओभरमा म्याकगुर्कको विकेट गुमेको थियो । उनलाई रविचन्द्रन आश्विन आउट गर्दै राजस्थानलाई राहत दिलाएका थिए । अर्को ओभरमा साई होप पनि एक रनमा रनआउट भए ।त्यसपछि अभिषेक पोरेलले आक्रामक ब्याटिङ गरेपछि दिल्ली क्यापिटल्सले नवौं ओभरमा १०० रनको अङ्क बनाएको थियो । पोरेलले २८ बलमा अर्धशतक पूरा गरे पनि अक्षर पटेल (१५) र कप्तान ऋषभ पन्त (१५) सस्तैमा पभेलियन फर्किए ।  १३औँ ओभरमा १४४ रनको स्कोरमा आउट हुनुअघि पोरेलले ३६ बलमा सात चौका र तीन छक्का प्रहार गर्दै ६५ रनको उत्कृष्ट इनिङ खेले । डेब्यु खेल खेलिरहेका गुलबदिन नाइबले १९ रन बनाए ।अन्तिम ओभरमा ट्रिस्टन स्टब्सको शानदार ब्याटिङ गरे । उनले टोलीको स्कोर २०० भन्दा माथि पुर्‍याए । २० औँ ओभरमा आउट हुनुअघि स्टब्सले २० बलमा ३ चौका र तीन छक्का सहित ४१ रन बनाए । रसिख सलाम दार ३ बलमा ९ रन बनाएर आउट भए । जबकि कुलदीप यादव ५ रन बनाएर अविजित रहे । राजस्थान रोयल्सका लागि रविचन्द्रन आश्विनले सर्वाधिक ३ विकेट लिए । यस्तै ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलले एक एक विकेट लिए ।लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सको सुरुवात खासै सुखद हुन सकेन । आपनर यशस्वी जैसवाल पहिलो ओभरमै ४ रन बनाएर आउट भए ।  दोस्रो ओपनर जोस बटलर र कप्तान सञ्जु सामसनले स्कोरलाई ५० भन्दा माथि पुर्याएपनि बटलरले ठूलो इनिङ खेल्न सकेनन् । उनी छैठौं ओभरमा ६७ रनको स्कोरमा १९ रन बनाएर आउट भए । राजस्थानको टोलीले ११ औँ ओभरमा १०० रन पुरा गरेपनि १०३ रनको स्कोरमा रियान परागको विकेट गुमाए । पराग २२ बलमा २७ रन बनाएर आउट भएका थिए ।कप्तान सञ्जु सामसन उत्कृष्ट फर्ममा ब्याटिङ गरिरहेका थिए । उनी शतक बनाउन भने असफल भए । विवादास्पद क्याच आउट निर्णयका कारण ४६ बलमा ८६ रन बनाएर पभेलियन फर्किएका थिए । उनको इनिङ्समा आठ चौका र छ छक्का सामेल थियो । शुभम दुबेले पनि १२ बलमा २५ रनको इनिङ खेले । डेब्यु गरेका डोनोभान फरेरा १ रन बनाएर आउट भए भने रविचन्द्रन आश्विन २ रन बनाएर आउट भए ।अन्तिम ओभरमा राजस्थानलाई जितका लागि २९ रन जोड्नुपर्ने थियो तर मुकेश कुमारले मात्र ८ रन दिएर रोभमान पावेल (१३) लाई आउट गरेर आफ्नो टोलीलाई जित दिलाएका थिए । दिल्ली क्यापिटल्सका खलिल अहमद, मुकेश कुमार र कुलदीप यादवले समान २–२ विकेट लिए । अक्षर पटेलको नाउँमा एक विकेट रह्यो । आइपीएलमा आज राति पौने ८ बजे सनराइजर्स हैदरावाद र लखनऊ सुपर जायन्ट्स भिड्ने छन् ।

तिखो न्यूज

तिखो न्यूज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धादिङको गजुरीमा ३५ फरार कैदीबन्दी पक्राउ

रामेछापमा बोलेरो दुर्घटना, ४ जना घाइते

राष्ट्रपति पौडेल : संवैधानिक बाटोमै निकास खोज्ने प्रयास जारी

सेनाको गस्तीपछि गरुडा बजार सामान्य हुँदै

जेनजी आन्दोलनमा ३४ जनाको मृत्यु, १,३६८ घाइते

गोरखाको बारपाक सुलिकोटमा विद्यालय नियमित सञ्चालन

तिखो मिडिया नेटवर्क द्वारा सञ्चालित तिखो न्युज डटकम
www.tikhonews.com
ठेगाना:- गरुडा नगरपालिका –४ रौतहट
+९७७९८४५२५२०३२
इमेल:- tikhonews@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : गौतम कुमार साह
  • +९७७९८४५२५२०३२
    • सह सम्पादक : ...............
    • +९७७ ९८१४७९१६२१
      • सम्वाददाता : ....................

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.