Tikho News
Thursday, September 11, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Tikho News
No Result
View All Result

Home » गौरवशाली इतिहास बोकेका स्पेन र जर्मनीबिच सेमिफाइनलमा पुग्न रोचक भिडन्त

गौरवशाली इतिहास बोकेका स्पेन र जर्मनीबिच सेमिफाइनलमा पुग्न रोचक भिडन्त


गौरवशाली इतिहास बोकेका स्पेन र जर्मनीबिच सेमिफाइनलमा पुग्न रोचक भिडन्त


 १७औँ युरोकप फुटबलको क्वार्टरफाइनल चरणको खेल शुक्रबारदेखि सुरु हुँदै छ । पहिलो क्वार्टरफाइनल खेलमा स्पेनले आयोजक राष्ट्र जर्मनीको सामना गर्दै छ । उक्त खेल नेपाली समय अनुसार, राति २१ः४५ बजे सुरु हुनेछ । युरोकपको इतिहासमा यी दुई राष्ट्रबिच धेरै कुरामा समानता देखिन्छ । जारी संस्करणमा पनि स्पेन र जर्मनी दुबैलाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको थियो । तर दुर्भाग्य, अन्तिम आठ चरणमै आपसमा भिडन्त गर्नुपर्ने अवस्था सृजना भएपछि यो खेललेएउटा टोलीलाई सेमिफाइनलमा पुर्याउने छ भने अर्को टोलीलाई उपाधि होडबाट बाहिर धकेल्ने छ । जारी युरोकपमा स्पेन हालसम्म पराजित छ । स्पेनले चार खेल जितिसकेको छ । समूहगत चरणमा पहिलो हुँदै स्पेन नकआउट चरणमा प्रवेश गरेको थियो । समूह ‘बी’ अन्तर्गतको आफ्नो पहिलो खेलमा स्पेनले क्रोएसियालाई ३–० गोलले हराएको थियो । आफ्नो दोस्रो खेलमा स्पनेले साबिक विजेतासमेत रहेको इटालीमाथि १–० गोलको रोमाञ्चक जित हात पारेको थियो । समूहगत चरणको आफ्नो तेस्रो खेलमा भने स्पेनले अल्बानियालाई १–० गोलले पराजित गरेको थियो ।  प्रि–क्वार्टरफाइनल खेलमा भने स्पेनले जर्जियामाथि ४–१ गोलको सजिलो जित हात पारेको थियो । स्पेनले समूहगत चरणमा पाँच गोल गरेको थियो भने एक गोल पनि खाएको थिएन । समग्रमा स्पेनले हालसम्म नौ गोल गरिसकेको छ भने केवल एक गोल खाएको छ । यो तथ्याङ्कले स्पेनलाई जारी युरोकपमा निकै बलियो टोलीको रूपमा उभ्याएको छ । अर्कोतिर, जर्मनी पनि यो विश्वकपमा लयमा देखिन्छ । जर्मनीले पनि हालसम्म कुनै खेलमा हार भोगेको छैन । घरेलु मैदानमा खेल्ने अवसर पाएको जर्मनी पनि समूहगत चरणमा पहिलो हुँदै नकआउट चरणमा प्रवेश गरेको थियो । प्रारम्भिक चरणमा जर्मनी समूह ‘ए’ मा परेको थियो । जर्मनीले तीनमध्ये दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको थियो । जर्मनीले पहिलो खेलमा स्कटल्यान्डलाई ५–१ गोलले र दोस्रो खेलमा हंगेरीलाई २–० गोलले हराएको थियो । आफ्नो तेस्रो खेलमा भने जर्मनीको टोली स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । समूहगत चरणको खेलमा जर्मनीले कुल आठ गोल गरेको थियो भने दुई गोल खाएको थियो । जर्मनीले प्रि–क्वार्टरफाइनल खेलमा भने बलियो प्रतिद्वन्द्वी डेनमार्कमाथि २–० गोलको जित हात पारेको थियो । यस आधारमा जर्मनीले हालसम्म कुल १० गोल गरेको छ भने केवल दुई गोल खाएको छ । यो तथ्याङ्कले जर्मनीलाई पनि स्पेनभन्दा कुनै अर्थमा कम देखाउँदैन । विश्व फुटबल महासङ्घद्वारा जारी पछिल्लो वरीयतामा भने जर्मनीभन्दा स्पेन केही माथि रहेको छ । उक्त वरीयतामा स्पेन आठौँ र जर्मनी १६औँ वरीयतामा रहेका छन् । रमाइलो संयोग के हो भने, युरोकपको इतिहासमा यी दुवै राष्ट्रले संयुक्त रूपमा सबैभन्दा बढी उपाधि चुमेका छन् । जर्मनी र स्पेनले हालसम्म तीन–तीन पटक युरोकपको उपाधि जितेका छन् । जर्मनी तीन पटक र स्पेन एक पटक उप–विजेता पनि बनेका छन् । स्पेन युरोकप फुटबल प्रतियोगितामा जर्मनीपछि सबैभन्दा बढीपटक सहभागिता जनाउने राष्ट्र हो । युरोकपमा स्पेनको यो १२औँ सहभागिता हो । स्पेनले सन् १९६४ मा पहिलो पटक युरोकपमा भाग लिएको थियो । युरोकपको त्यो दोस्रो संस्करण थियो ।स्पेनले सन् १९६४ मा आफ्नो पहिलो सहभागितामै युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा तत्कालीन सोभियत सङ्घलाई २–१ गोलले हराएको थियो । त्यसपछि स्पेनले सन् २००८ मा दोस्रो पटक युरोकपको उपाधि उचालेको थियो । त्यतिबेला स्पेनले फाइनलमा जर्मनीलाई नै १–० गोलले पराजित गरेको थियो । त्यसलगत्तै स्पेनले सन् २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा इटालीलाई ४–० गोलले हराएको थियो । स्पेन लगातार दुईपटक युरोकपको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो । यसका अतिरिक्त स्पेन सन् १९८४ मा पनि युरोकपको फाइनलमा पुगेको थियो । तर, त्यतिबेला फाइनलमा स्पेनको टोलीलाई फ्रान्सले २–० गोलले हराएको थियो । यसैगरी युरोकप फुटबलमा जर्मनीको यो १४औँ सहभागिता हो । जर्मनी युरोकपको सबैभन्दा बढी संस्करण खेल्न राष्ट्र पनि हो । जर्मनीले सन् १९७२ मा पहिलो पटक युरोकपमा सहभागिता जनाएको थियो । त्यतिबेला जर्मनीले पश्चिम जर्मनीको नाममा युरोकप खेलेको थियो । हालसम्म जर्मनीले तीपटक युरोकपको उपाधि चुमिसकेको छ । आफ्नो पहिलो सहभागितामै पश्चिम जर्मनले उपाधि चुमेको थियो । त्यतिबेला पश्चिम जर्मनीले फाइनलमा तत्कालीन सोभियत सङ्घलाई ३–० गोलले हराएको थियो । जर्मनीले सन् १९८० र सन् १९९६ मा पनि युरोकपको उपाधि उचालेको थियो । सन् १९८० को युरोकपको फाइनलमा तत्कालीन पश्चिम जर्मनीले बेल्जियमलाई २–१ गोलले हराएको थियो । सन् १९९६ को युरोकपको फाइनलमा भने जर्मनीले चेक गणतन्त्रलाई पराजित गरेको थियो । जर्मनी तीनपटक युरोकपको फाइनलमा पराजित भएको छ । सन् १९७६ को युरोकपको फाइनलमा चेकोस्लोभाकियाले पश्चिम जर्मनीलाई पेनाल्टी सुटआउटमा हराएको थियो । सन् १९९२ को युरोकपको फाइनलमा भने डेनमार्कले नै जर्मनीलाई २–० गोलले पराजित गरेको थियो । यसैगरी सन् २००८ को युरोकपको फाइनलमा स्पेनले जर्मनीलाई १–० गोलले पाखा लगाएको थियो । सन् २०१२ र सन् २०१६ को युरोकपमा भने जर्मनी सेमिफाइनलमै पराजित भएको थियो । युरोकपमा जर्मनीको इतिहास निकै गौरवशाली देखिन्छ ।जारी युरोकपको छनोट प्रतियोगितामा पनि स्पेनको प्रदर्शन उत्कृष्ट थियो । स्पेन आफ्नो समूहको विजेता बन्दै युरोकपमा छनोट भएको हो । स्पेनले आफूले खेलेको आठमध्ये सात खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । छनोट प्रतियोगितामा स्पेनले कुल २५ गोल गरेको थियो भने केवल पाँच गोल खाएको थियो । छनोट चरणको खेलमा स्पेनका लागि जोसेलु र अल्भारो मोराटाले चार–चार गोल गरेका थिए । जारी युरोकपमा स्पेनका लागि हालसम्म फाबियन रुइजले दुई गोल गरेका छन् । जर्मनीले भने यसपटक आयोजक राष्ट्रका रूपमा युरोकपमा सहभागिता जनाएको हो । जारी युरोकपमा जर्मनीका लागि जमाल मुसिलाले सर्वाधिक तीन गोल गरिसकेका छन् ।विश्व फुटबलका यी दुई महारथी एक–अर्काका निकै पुराना प्रतिद्वन्द्वी हुन् । यी दुई राष्ट्रबिच हालसम्म २६ वटा अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये नौ खेलमा जर्मनीले स्पेनलाई हराएको छ । आठ खेलमा स्पेनले जर्मनीलाई पराजयको स्वाद चखाएको छ । नौ खेल भने बराबरीमा सकिएको छ ।स्पेन र जर्मनीबिच पहिलो भिडन्त सन् १९३५ को मे १२ तारिखमा भएको थियो । त्यो खेलमा स्पेनले जर्मनीलाई २–१ गोलले हराएको थियो । यी दुई राष्ट्रबिच अन्तिम भिडन्त भने सन् २०२२ को नोभेम्बर २७ तारिखमा अन्तिम पटक भिडन्त भएको थियो । विश्वकप अन्तर्गतको त्यो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । जारी युरोकपमा स्पेनिस टोली लुइस डे ला फुएन्टको प्रशिक्षकत्वमा रहेको छ । स्पेनिस टोलीमा एट्लेटिको म्याड्रिडका अल्भारो मोराटा (कप्तान), रियल म्याड्रिडका नाचो र डानी कार्भाजल, आर्सनलका डेभिड राया (गोलरक्षक), बार्सिलोनाका फेरन टोरेस, पेड्री, फर्मिन लोपेज र लामिन यामललगायतका प्रभावशाली खेलाडी छन् । जारी युरोकपमा जर्मनी जुलियन नगेल्सम्यानको प्रशिक्षकत्वमा छ । जर्मनीको टोलीमा बायर्न म्युनिखका म्यानुएल नेउर (गोलरक्षक), रियल म्याड्रिडका एन्टोनियो रुडिगर, बायर्न म्युनिखका जोसुआ किमिच, रियल म्याड्रिडका टोनी क्रुस, बायर्न म्युनिखका थोमस मुल्लर र लेरोय साने तथा बार्सिलोनाका ईल्की गुन्डोगन (कप्तान) जस्ता प्रभावशाली खेलाडी छन् ।

तिखो न्यूज

तिखो न्यूज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धादिङको गजुरीमा ३५ फरार कैदीबन्दी पक्राउ

रामेछापमा बोलेरो दुर्घटना, ४ जना घाइते

राष्ट्रपति पौडेल : संवैधानिक बाटोमै निकास खोज्ने प्रयास जारी

सेनाको गस्तीपछि गरुडा बजार सामान्य हुँदै

जेनजी आन्दोलनमा ३४ जनाको मृत्यु, १,३६८ घाइते

गोरखाको बारपाक सुलिकोटमा विद्यालय नियमित सञ्चालन

तिखो मिडिया नेटवर्क द्वारा सञ्चालित तिखो न्युज डटकम
www.tikhonews.com
ठेगाना:- गरुडा नगरपालिका –४ रौतहट
+९७७९८४५२५२०३२
इमेल:- tikhonews@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : गौतम कुमार साह
  • +९७७९८४५२५२०३२
    • सह सम्पादक : ...............
    • +९७७ ९८१४७९१६२१
      • सम्वाददाता : ....................

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.