Tikho News
Thursday, September 11, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Tikho News
No Result
View All Result

Home » ह्याकरले पत्ता लगाए विन्डोज डिफेन्डरलाई टाढैबाट निष्क्रिय पार्ने तरिका, कसरी जोगिने ?

ह्याकरले पत्ता लगाए विन्डोज डिफेन्डरलाई टाढैबाट निष्क्रिय पार्ने तरिका, कसरी जोगिने ?


ह्याकरले पत्ता लगाए विन्डोज डिफेन्डरलाई टाढैबाट निष्क्रिय पार्ने तरिका, कसरी जोगिने ?

काठमाडौँ । ह्याकरहरूले माइक्रोसफ्ट विन्डोज डिफेन्डरलाई टाढैबाट बन्द गर्ने नयाँ तरिका पत्ता लगाएका छन् । अकिरा र्‍यान्समवेयर समूहले एक वैध इन्टेल सीपीयू ट्युनिङ ड्राइभरको प्रयोग गरेर माइक्रोसफ्ट डिफेन्डरलाई पूर्ण रूपमा निष्क्रिय पारेर पत्ता नलाग्ने गरी आक्रमणहरू सुरु गरेको समाचार फक्स न्युजले बाहिर ल्याएको हो ।

आधुनिक विन्डोज पीसीहरूमा माइक्रोसफ्ट डिफेन्डरले मालवेयर विरुद्धको सुरक्षाको पहिलो घेराको रूपमा काम गर्दछ । तर, ह्याकर समूहले ‘Bring Your Own Vulnerable Driver’ (BYOVD) आक्रमणमा एउटा वैध इन्टेल सीपीयू ट्युनिङ ड्राइभरको दुरुपयोग गरी माइक्रोसफ्ट डिफेन्डरलाई पूर्ण रूपमा निष्क्रिय पार्ने तरिका फेला पारेको हो ।

क्रमणको यो तरिका जुलाई २०२५ को मध्यदेखि सक्रिय र्‍यान्समवेयर आक्रमणहरूमा देखिएको छ । यसमा कुनै सफ्टवेयर बग उपयोग नगरी वा स्पष्ट रूपमा दुर्भावनापूर्ण फाइल डेलिभर नगरेरै ह्याकरहरूले काम गर्छन् । उनीहरूले हार्डवेयरको भित्रसम्म पहुँचको लागि विन्डोज ड्राइभर प्रणाली कसरी डिजाइन गरिएको छ भन्ने कुराको फाइदा उठाउँछन् ।

अकिरा र्‍यान्समवेयर समूहले थ्रोटलस्टप (ThrottleStop) नामक प्रर्फर्मेन्स-ट्विकिङ टुलबाट ‘rwdrv.sys’ भनिने वैध इन्टेल सीपीयू ट्युनिङ ड्राइभरलाई एक्सप्लोइट गर्छ । साइबरसुरक्षा फर्म गाइडप्वाइन्ट सेक्युरिटीका अनुसार आक्रमणकारीहरूले विन्डोज प्रणालीहरूमा कर्नेल-लेभलको पहुँच प्राप्त गर्न यो ड्राइभर लोड गर्छन् । त्यसपछि उनीहरूले ‘hlpdrv.sys’ नामक अर्को मालिसियस ड्राइभर इन्स्टल गर्छन् ।

जसले ‘regedit.exe’ मार्फत ‘DisableAntiSpyware’ रजिस्ट्री सेटिङ परिवर्तन गरी माइक्रोसफ्ट डिफेन्डरलाई बन्द गर्छ । डिफेन्डर निष्क्रिय भएपछि आक्रमणकारीहरूले अन्य मालिसियस प्रोग्रामहरू पत्ता नलाग्ने गरी चलाउन सक्छन् । अकिराले प्राय: डेटा चोरी गर्ने, लुकाएर रिमोट पहुँच स्थापना गर्ने र संस्थाका फाइलहरू इन्क्रिप्ट गर्न र्‍यान्समवेयर प्रयोग गर्ने उद्देश्यका साथ आक्रमणहरू गर्ने गर्छ ।

आक्रमणबाट कसरी बच्ने ?

माइक्रोसफ्ट डिफेन्डरमाथि यो आक्रमण खतरनाक भए पनि तपाईँले सावधानी अपनाउनु भयो भने आफूलाई बचाउन सक्नु हुन्छ । यसका लागि बलियो एन्टिभाइरस सफ्टवेयर प्रयोग गर्नुहोस् । विन्डोज प्रणालीहरूका लागि नियमित अपडेटहरूसहितको बलियो एन्टिभाइरस सफ्टवेयरले रियल-टाइम सुरक्षा, कर्नेल-लेभल मनिटरिङ प्रदान गर्न सक्छ । यसले मालिसियस लिङ्कहरू, फिशिङ ईमेल र र्‍यान्समवेयरबाट तपाईँको व्यक्तिगत जानकारी र डिजिटल सम्पत्तिहरू सुरक्षित राख्न मद्दत गर्छ ।

यस्ता साइबर आक्रमणहरू प्रयोगकर्ताले गर्ने अन्तरक्रियामा निर्भर हुन्छन् । त्यसैले शङ्कास्पद लिङ्कहरूमा क्लिक नगर्नुहोस् । त्यसबाट फाइलहरू डाउनलोड गर्ने वा अविश्वसनीय भर्चुअल डिस्कहरू माउन्ट गर्ने जस्ता कामहरूबाट पनि जोगिनुहोस् । विश्वसनीय वेबसाइटहरू मात्र प्रयोग गर्नुहोस् र माइक्रोसफ्ट एज वा सेफ ब्राउजिङ इनेबल गरिएको क्रोम जस्ता ब्राउजरमा निर्मित सुरक्षा सुविधाहरू प्रयोग गर्नुहोस् ।

यसका साथै आफूले नबुझेका वा अनियमित वेबसाइटहरूबाट कपी गरिएका पावरशेल स्क्रिप्ट जस्ता कमान्डहरू कहिल्यै पेस्ट वा रन नगर्नुहोस् । आक्रमणकारीहरूले प्रायः प्रयोगकर्ताहरूलाई यसरी अनजानमा मालवेयर चलाउन लगाउँछन् ।

आफ्नो अपरेटिङ सिस्टम, ब्राउजर लगायतका सबै सफ्टवेयर एप्लिकेसनहरू नियमित रूपमा अपडेट गर्नुहोस् । अपडेटहरूमा प्रायः सुरक्षा कमजोरीहरूको लागि प्याचहरू समावेश गरिएका हुन्छन् ।

आफ्ना सबै अकाउन्टहरूमा टु फ्याक्टर अथेन्टिकेसन इनेबल गर्नुहोस् । जसले आक्रमणकारीहरूलाई तपाईँको पासवर्ड थाहा भए पनि अकाउन्टमा पहुँच प्राप्त गर्न गाह्रो बनाउँछ ।

तिखो न्यूज

तिखो न्यूज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धादिङको गजुरीमा ३५ फरार कैदीबन्दी पक्राउ

रामेछापमा बोलेरो दुर्घटना, ४ जना घाइते

राष्ट्रपति पौडेल : संवैधानिक बाटोमै निकास खोज्ने प्रयास जारी

सेनाको गस्तीपछि गरुडा बजार सामान्य हुँदै

जेनजी आन्दोलनमा ३४ जनाको मृत्यु, १,३६८ घाइते

गोरखाको बारपाक सुलिकोटमा विद्यालय नियमित सञ्चालन

तिखो मिडिया नेटवर्क द्वारा सञ्चालित तिखो न्युज डटकम
www.tikhonews.com
ठेगाना:- गरुडा नगरपालिका –४ रौतहट
+९७७९८४५२५२०३२
इमेल:- tikhonews@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : गौतम कुमार साह
  • +९७७९८४५२५२०३२
    • सह सम्पादक : ...............
    • +९७७ ९८१४७९१६२१
      • सम्वाददाता : ....................

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.