
बारा- बारामा फेरी बाघको आक्रमणबाट अर्को एक जनाको मृत्यु भएको छ । एक हप्ता नबित्दै बारा जीतपुरसरिमा वडा नं. १ का करिब ५५ वर्षीय छेवाङ लामा बाघको आक्रमणबाट मृत्यु भएको हो ।
साइकल लिएर नजिकको प्रगतिशील सामुदायिक बनमा बाघको आक्रमणबाट मृत्यु भएको अवस्थामा फेला परेको घटनास्थल पुगेका जीतपुरसरिमा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले बताउनु भएको छ । च्याउ टिप्न जङ्गल गएको साइकल र उनको सामाग्रीले देखिएको उनले बताउनु भएको छ ।
डिभिजन वन कार्यालय बारा सिमराका प्रमुख राजीव झाले पटक पटक मानिसमाथि आक्रमण गरी मानवलाई खान थालेकाले नियन्त्रणका लागि डार्क टोली खटिसकेकोले चाडै नियन्त्रण गरिने बताउनु भएको छ ।
बारामा बाघको आक्रमणमा परी जीतपुर सिमरामा उपमहानगरपालिका–२२ निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्माको मृत्यु भएको हप्ता दिन बित्न नपाउँदै यो घटना भएको हो । जीतपुर सिमरामा यो बर्ष तीन जनाको बाघको आक्रमणबाट मृत्यु भई सकेको छ ।
पटक पटक बाघले आक्रमण गरी मानिस खान थाले पनि निकुञ्ज र वनले बाघको नियन्त्रण गर्न नसकेको भन्दै चौतर्फी विरोध हुँदै आएको छ । नगरप्रमुख राजन पौडेल, सो क्षेत्रका सांसद किसान श्रेष्ठ लगायतले तत्काल बाघ नियन्त्रण लिन आग्रह गरे पनि पर्सा निकुञ्जमा डार्क टोली नहुँदा बाघ नियन्त्रणमा ढिलाइ हुँदै आएको जनाइएको छ ।