
काठमाडौँ । चर्चित गायिका रचना रिमालले आजको जेनजीको आन्दोलन खबरदारीको बिगुल रहेको बताएकी छन् । उनले सोमबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो धारणा राखेकी हुन् ।
‘आज हाम्रो पुस्ता नयाँ अध्यायको सङ्घारमा छ, सबै कुरालाई मौन र चुपचाप भई नियालिरहेको यो पुस्ता आज खबरदारीको बिगुल फुक्दैछ’, उनले अगाडि भनेकी छन्– ‘व्यक्ति होइन, व्यक्तिको भ्रष्टाचारी प्रवृत्तिको विरोध गर्दैछ ।’ उनले आजको महाअभियान शान्तिपूर्ण हुनुपर्ने र कुनै पक्षबाट पनि दमन नहोस् भन्ने कामना समेत गरेकी छन् ।