
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनिश्चतकालिन निषेधाज्ञा आदेश जारी गरेको छ । सोमबार बिहान जिल्लामा जेनजी प्रदर्शनका साथै विभिन्न स्थानमा तोडफोड गरेपछि प्रशासनले राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।
सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आज मङ्गलवार बिहान ९:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरिएको रुपन्देहीका प्रमुख जिल्लाका अधिकारी डा.टोकराज पाण्डेले बताउनु भयो ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आदेशको उल्लङ्घन गर्ने वा कार्यान्वयनमा अवरोध गर्ने जो कसैलाई पनि प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।