जिल्लाको शान्ति सुरक्षा कायम राख्न धादिङमा नेपाली सेनाले कडा सुरक्षा व्यवस्था कायम गरेको छ ।
बजारको चोक चोक र बाटो सबै स्थानहरूमा नेपाली सेनालगायत नेपाल प्रहरीको संयुक्त टोलीले बाक्लो गस्ती गरेको छ भने बजार क्षेत्रमा विशेष निगरानीमा राखी सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
सेनाले र प्रहरीको संयुक्त टोलीले कारागारलगायतका स्थानमा बाक्लो उपस्थितमा रहेको छ ।
भाग्न खोजेका कैदी बन्दीलाई समेत तिनै तहको कडा सुरक्षा घेरामा राखी कारागार सेनाले नियन्त्रणमा लिन सफल भएको छ ।
यसै गरी धादिङको सदरमुकामको बिच बजारमा सडक जाम गर्न खोज्नेलाई सेनाले पक्राउ गरी प्रहरीमा पठाएको छ भने भाग्नेहरूको खोजी कार्य समेत भई रहेको छ ।