Tikho News
Thursday, September 11, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Tikho News
No Result
View All Result

Home » उद्योग, पर्यटन, वन मन्त्रालयको वर्ष दिन : ६ करोडको जडीबुटी निकासी, २५७ हेक्टरमा वृक्षारोपण

उद्योग, पर्यटन, वन मन्त्रालयको वर्ष दिन : ६ करोडको जडीबुटी निकासी, २५७ हेक्टरमा वृक्षारोपण


उद्योग, पर्यटन, वन मन्त्रालयको वर्ष दिन : ६ करोडको जडीबुटी निकासी, २५७ हेक्टरमा वृक्षारोपण

 कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले एक वर्षमा ६ करोडको जडीबुटी निकासीलाई आफ्नो उपलब्धिका रूपमा लिएको छ । जुन निकै कम हो । जडीबुटीका लागि प्रख्यात मानिएको कर्णालीले जडीबुटीको सदुपयोग गर्न सकिरहेको छैन । सार्वजनिक विवरण अनुसार एक वर्षमा करिब ९ लाख बिरुवा उत्पादन गरेर वृक्षारोपण गरी औसतमा ३८.५७% वन क्षेत्र संरक्षण गरिएको छ भने वन क्षेत्र र निजी जग्गामा गरी जम्मा २५७ हेक्टर जमिनमा वृक्षारोपण भएको छ ।मन्त्रालयका अनुसार प्रदेशमा ३ हजार ५९७ वटा नयाँ उद्योग दर्ता भएका छन् भने उद्योगहरूबाट ९ करोड ७४ लाख कुल राजस्व सङ्कलन भएको छ । दर्ता भएका उद्योग भनेका साना तथा लघु उद्यम सम्बन्धित हुन् । कर्णालीमा अहिलेसम्म ठुला तथा मझौला खालका उद्योग, कलकारखानाको विकास हुन सकिरहेको छैन ।मन्त्रालयले मुगुको रारा, रुकुमको खारा, कालिकोटको पिली, पचालझरना र त्रिवेणी पाटनको पर्यटकीय पूर्वाधार विकासको लागि बहुवर्षीय आयोजना स्वीकृत भई कार्यान्वयन भइरहेको बताएको छ । यी स्थानलाई युद्ध पर्यटकीय रूपमा विकास गर्ने योजना विगत सरकारकै हो ।सामुदायिक वन, राष्ट्रिय वन र निजी वन गरी एक वर्षमा २ लाख ६३ हजार क्यू फिट काठ उत्पादन भएको, २२५.६३ चट्टा दाउरा उत्पादन भएको कुरा पनि मन्त्रालयले प्रगतिमा राखेको छ । साथै अतिक्रमित वन क्षेत्र २८ हेक्टर, पुन स्थापित वन क्षेत्र (अतिक्रमण नियन्त्रण) १४.०३ हेक्टर, वन डढेलोले क्षति गरेको वन क्षेत्र १९०१ हेक्टर संरक्षण गरिएको छ ।वन अपराध सम्बन्धी ३६ वटा मुद्दा दर्ता भई २३ वटा मुद्दा फर्छ्यौट भएका छन् भने २८११ वटा सामुदायिक वन (क्षेत्रफल ३६३८६४ हेक्टर), सामुदायिक वनबाट लाभान्वित घरधुरी सङ्ख्या २ लाख ९१ हजार ९९६ (प्रदेशको कुल घरधुरीको ७९.७ प्रतिशत), ७८४ कबुलियती वन (क्षेत्रफल ८२२७ हेक्टर) र कबुलियती वनबाट लाभान्वित घरधुरी सङ्ख्या १९१२ रहेको उल्लेख गरिएको छ । त्यस बाहेक यो एक वर्षमा कुनैपनि काम भएको विवरणमा उल्लेख गरिएको छ । कर्णालीलाई पर्यटनका हिसाबले निकै महत्त्वपूर्ण मान्ने गरिए पनि त्यसको लेखाजोखा मन्त्रालयमा छैन । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसी भने कतिपय महत्त्वपूर्ण काम गर्ने सन्दर्भमा विभिन्न जटिलताहरू कायम रहेको बताउँछन् । संघीयताको मर्म अनुसार तीन तहको सरकारको अवधारणा जसरी भयो, त्यो अनुसार अधिकारप्रदेशमा दिइएको भए केही रूपान्तरणकारी कार्यहरू गर्न सकिने उनले बताए । ‘ऐन बनाई अधिकारहरू प्रदेश सरकारलाई हस्तान्तरण गरेको भए अहिलेको जस्तो अवस्था रहन्थेन,’ उनी भन्छन्, ‘केही न केही रूपान्तरणको संकेत देखा परेको हुन्थ्यो ।’ केन्द्र सरकारले अधिकार नदिँदा मन्त्रालयका कतिपय गतिविधिहरूमा निकै समस्या भइरहेको उनको भनाइ छ । उदाहरणका लागि वन कर्णाली प्रदेश भित्र छ तर रुख चाहिँ संघीय सरकारको छ । ‘यो कस्तो खालको संघीयता हो ?,’ उनले प्रश्न गरे, ‘वन क्षेत्रमा कुनै सार्वजनिक भवनहरू बनाउनपर्‍यो, कुनै संरचना बनाउन परेको खण्डमा हामीले त्यो संरचना बनाउन पाउँदैनौँ । प्रदेशका लागि कुनै आवश्यक संरचना बनाउन परे पनि पुरै संघीय सरकारको आदेश लिएर मात्रै रुख काट्न पाउँछौँ, संरचना बनाउन पाउँछौँ ।’उद्योगको क्षेत्रमा पनि समस्या उस्तै रहेको उनको भनाइ छ । प्रदेशभित्र भएका सम्पूर्ण उद्योग तथा खानीहरू संघीय सरकारकै मातहतमा छन् । प्रदेशले त्यसको संरक्षण गर्ने बाहेक अरू कुनै अधिकार नभएको उनले बताए । तर पनि आफूहरूले केही गर्ने प्रयास गरिरहेको उनले बताए । उनी भन्छन्, ‘म आउनुभन्दा पहिले नै वन ऐन बनिसकेको थियो । म आइसकेपछि वन नियमावली, पर्यटन, उद्योगको नियमावली बनाई कार्यविधि तयार गर्दैछौँ । कार्यविधि अनुसार हामीलाई जे–जति अधिकारहरू प्रत्यायोजन भएको छ, त्यसलाई प्रयोग गरेर काम गर्छौँ ।’ कर्णालीको समृद्धिको आधार भनेको उद्योग, पर्यटन, वनजंगल र यहाँको जडीबुटी भएकाले त्यसको त्यसलाई संरक्षण र सम्बद्र्धनमा सरकार लागिरहेको उनको भनाई छ । उद्योग क्षेत्रमा अहिले केही साना खालका उद्योगहरू सञ्चालन गर्न सकिन्छ कि भनेर सरकार लागि रहेको पनि उनले बताए । ‘अल्लो प्रशोधनका लागि मेशिनको दाताहरूसँग गुहार गरिरहेका छौँ,’ उनी भन्छन्, ‘जडीबुटी प्रशोधनका लागि पनि भवनहरू बनाउने कामहरू भइरहेको छ । मेशिन ल्याउने तयारी भइरहेको छ । मलाई लाग्छ केन्द्रीय सरकारले हाम्रो कुराहरू सुनिदियो भने हामीले केही कामहरू गर्ने तयारी गरिरहेका छौँ । सरर बाहिरबाट हेर्दा केही कामहरू नभएजस्तो लागेपनि आन्तरिक कामहरू सबै तयारी भइरहेको छ ।’ 

तिखो न्यूज

तिखो न्यूज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धादिङको गजुरीमा ३५ फरार कैदीबन्दी पक्राउ

रामेछापमा बोलेरो दुर्घटना, ४ जना घाइते

राष्ट्रपति पौडेल : संवैधानिक बाटोमै निकास खोज्ने प्रयास जारी

सेनाको गस्तीपछि गरुडा बजार सामान्य हुँदै

जेनजी आन्दोलनमा ३४ जनाको मृत्यु, १,३६८ घाइते

गोरखाको बारपाक सुलिकोटमा विद्यालय नियमित सञ्चालन

तिखो मिडिया नेटवर्क द्वारा सञ्चालित तिखो न्युज डटकम
www.tikhonews.com
ठेगाना:- गरुडा नगरपालिका –४ रौतहट
+९७७९८४५२५२०३२
इमेल:- tikhonews@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : गौतम कुमार साह
  • +९७७९८४५२५२०३२
    • सह सम्पादक : ...............
    • +९७७ ९८१४७९१६२१
      • सम्वाददाता : ....................

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.