Tikho News
Thursday, September 11, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Tikho News
No Result
View All Result

Home » प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङ र मीन घलेबिच अत्यधिक फोन सम्पर्क

प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङ र मीन घलेबिच अत्यधिक फोन सम्पर्क


प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङ र मीन घलेबिच अत्यधिक फोन सम्पर्क
राजेश भण्डारीराजेश भण्डारी

दुबईबाट ल्याएको १४ किलो सुन तस्करीमा संलग्न आरोपमा प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत जीवनकुमार गुरुङ थुनामा छन् । डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेका सीईओ गुरुङमाथि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।काठमाडौँ जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राख्न विमानस्थल भन्सार कार्यालयलाई अनुमति दिएको छ । मंसिर २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गरेको थियो । गोरखा, बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट सो सुन ल्याएका हुन् ।गोरखा बारपाक घर भएका मीनबहादुर घलेले कृष्णकुमार श्रेष्ठ र चन्द्र घलेलाई परिचालन गरेर दुबईबाट प्रतिखेप १४ किलो सुन नेपालमा ल्याउने गरेको उपसचिव मणिराम पौडेल नेतृत्वको छानबिन समितिको निष्कर्ष छ ।दुबईबाट अंकित अग्रवाल र गुरु नामका व्यक्तिहरुले सुन पठाउने गरेको खुलेको छ । तस्करीमा संलग्न मीनबहादुर घले र जीवन कुमार गुरुङको बिचमा अत्यधिक फोन सम्पर्क देखिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेलले रातोपाटीलाई बताए । पौडेल भन्छन्, ‘घलेसँग उहाँको म्यासिभ सम्पर्क देखिएको छ, हामी थप अनुसन्धान गर्दैछौँ ।’विमानस्थल भन्सार कार्यालयका अनुसन्धान अधिकृतहरु अहिले मीनबहादुर र जीवनकुमार गुरुङको कल डिटेल्स रेकर्ड (सीडीआर) विश्लेषण गरिरहेका छन् । १४ केजी सुनको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले यसअघि नै अदालतमा मुद्दा दायर गरेको छ । तर, क्याम्पस सञ्चालक गुरुङविरुद्ध भन्सार कार्यालयले पूरक प्रतिवेदन पेस गर्दैछ ।प्रमुख भन्सार अधिकृत पौडेल भन्छन्, ‘सरकारी वकिल कार्यालयले यसअघि नै थप अनुसन्धान गरेर पूरक प्रतिवेदन लैजान अनुमति दिएको छ, उहाँको हकमा पूरक मुद्दा अदालतमा जान्छ ।’चन्द्र घले पक्राउ परेपछि फरार भएका गुरुङ फागुन १४ मा सामाखुसीबाट पक्राउ परेका हुन् । अनुसन्धान अधिकृतहरुले मीनबहादुर र जीवनकुमार बिच ३ महिनाको सीडीआर विश्लेषण गरिरहेका छन् । ३ महिनाको सीडीआर हेर्दा उनीहरुबिच अत्यधिक सम्पर्क देखिएको छ ।

चिनियाँ सुन तस्करले चढ्ने गाडी जीवनको नाममा

क्याम्पस सञ्चालक जीवनकुमार गुरुङ र चिनियाँ सुन तस्कर दाओजिन वाङ्गको बिचमा पनि ‘कनेक्सन’ देखिएको छ । भेप र हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा फरार दाओजिन वाङ्गले चढेको गाडी जीवनको नाममा रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानबाट थाहा भएको छ । वाङ्ग विगत १५ वर्षदेखि नेपालमा थिए ।‘भेप’मा लुकाएर दुबईबाट सुन ल्याउने समूह र ६० किलो सुन ल्याउने समूहसँग चिनियाँ नागरिक दाओजिन वाङ्गको सम्पर्क देखिएको छ । वाङ्गले प्रयोग गर्ने ‘डस्टर’ गाडी ब्यूरोले बरामद गरेको थियो । सो गाडी जीवनकुमार गुरुङको नाममा रहेको अनुसन्धानमा संलग्न ब्यूरोका एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘सो गाडी हामीले गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा बुझाएका छौँ ।’

याे पनि

सुन तस्करी प्रकरण : कलेज सञ्चालक गुरुङ पक्राउ

सुन तस्करी प्रकरण : कलेज सञ्चालक गुरुङ पक्राउ

जीवनले वाङ्ग र मीनबहादुर घलेसँग मिलेर सुनको काम गरेको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् । पर्वत स्थायी घर भएका जीवनकुमार गुरुङको विरुद्ध यसअघि नै अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो । उनी फरार थिए ।मीनबहादुर घले सुनका भरिया हुन् । उनले यसअघि ट्रेकिङ्ग र मेनपावरलाई वैदेशिक रोजगारीमा जाने मान्छेहरु दिने गरेको अनुसन्धानबाट थाहा भएको छ । मीनबहादुर घले, चन्द्र घले र कृष्णकुमार श्रेष्ठले अहिलेसम्म १३८ केजी सुन काठमाडौँ ल्याएको अनुसन्धानबाट थाहा भएको विमानस्थल भन्सार कार्यालयले गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

तिखो न्यूज

तिखो न्यूज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धादिङको गजुरीमा ३५ फरार कैदीबन्दी पक्राउ

रामेछापमा बोलेरो दुर्घटना, ४ जना घाइते

राष्ट्रपति पौडेल : संवैधानिक बाटोमै निकास खोज्ने प्रयास जारी

सेनाको गस्तीपछि गरुडा बजार सामान्य हुँदै

जेनजी आन्दोलनमा ३४ जनाको मृत्यु, १,३६८ घाइते

गोरखाको बारपाक सुलिकोटमा विद्यालय नियमित सञ्चालन

तिखो मिडिया नेटवर्क द्वारा सञ्चालित तिखो न्युज डटकम
www.tikhonews.com
ठेगाना:- गरुडा नगरपालिका –४ रौतहट
+९७७९८४५२५२०३२
इमेल:- tikhonews@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : गौतम कुमार साह
  • +९७७९८४५२५२०३२
    • सह सम्पादक : ...............
    • +९७७ ९८१४७९१६२१
      • सम्वाददाता : ....................

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.