Tikho News
Thursday, September 11, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Tikho News
No Result
View All Result

Home » वडामै गएर राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा वितरण गरिने

वडामै गएर राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा वितरण गरिने


वडामै गएर राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा वितरण गरिने

रामेछाप। रामेछापको एक मात्र हिमाली स्थानीय तह उमाकुण्ड गाउँपालिकामा नागरिकलाई वडामा नै पुगेर राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन र कार्ड वितरण गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय रामेछाप र गाउँपालिकाको आयोजनामा सो कार्य हुन लागेको हो।

यसअघि विवरण सङ्कलन गरी जिल्ला प्रशासन कार्यालयमा आएर बसेका परिचयपत्र लिन आउन तथा नयाँ परिचयपत्रको लागि विवरण र फोटो खिचाउन स्थानीयलाई जिल्ला प्रशासन कार्यालय आउनु नपरोस् भनी गाउँमा नै गएर सो काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।

‘यसअघि बनेका धेरै राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयमा आएर थन्किएका छन्, ती परिचयपत्र पनि गाउँमा नै लगेर वितरण गरिदिन्छौँ, नयाँ बनाउनु पर्नेको पनि विवरण सङ्कलन गरेर ल्याउँछौँ, यसले कार्यालयमा हुने भिड पनि कम हुन्छ, नागरिकको खर्च र सास्ती पनि कम हुन्छ’, थापाले भने।

उमाकुण्ड गाउँपालिकाले दिएको जानकारी विवरण सङ्कलन र परिचयपत्र वितरण सो गाउँपालिकाको सबै वडामा सञ्चालन हुनेछ। वडा कार्यालयहरूमा सेवा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

कार्यतालिका अनुसार भदौ १७ गते वडा नं ७ को कार्यालय भुजीमा, भदौ १८ गते वडा नं ६ गुप्तेश्वर वडा कार्यालयमा, भदौ १९ गते वडा नं ४ च्यादोलु वडा कार्यालयमा, भदौ २० गते वडा नं ५ प्रीति वडा कार्यालयमा, भदौ २१ गते वडा नं ३ कुबुकास्थली वडा कार्यालयमा कार्यक्रम हुनेछ।

त्यसैगरी भदौ २२ गते वडा नं २ बाम्ती भण्डार वडा कार्यालयमा तथा भदौ २३ गते वडा नं १ गुम्देल वडा कार्यालयमा विवरण सङ्कलन तथा कार्ड वितरण कार्यक्रम सञ्चालन गरिनेछ।

गाउँपालिकाले तोकिएको मिति र स्थानअनुसार आफ्ना वडामा पुगेर स्थानीयवासीलाई विवरण दर्ता गराउन आग्रह गरेको छ।

त्यसैगरी यस अघि जिल्ला प्रशासन कार्यालयमा परिचयपत्रका लागि विवरण बुझाएर कार्ड आएका स्थानीयले वडा कार्यालयमा हुने शिविरबाट कार्ड लिन सक्ने गाउँपालिकाले जनाएको छ।

यस कार्यक्रमले दुर्गम गाउँका बासिन्दालाई परिचयपत्र सेवामा सहज पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ। देशको अन्य कुनै जिल्लामा पनि यो कार्यक्रम सञ्चालन नभएको भए पनि स्थानीय समस्यालाई हेरेर यो काम गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए।

तिखो न्यूज

तिखो न्यूज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धादिङको गजुरीमा ३५ फरार कैदीबन्दी पक्राउ

रामेछापमा बोलेरो दुर्घटना, ४ जना घाइते

राष्ट्रपति पौडेल : संवैधानिक बाटोमै निकास खोज्ने प्रयास जारी

सेनाको गस्तीपछि गरुडा बजार सामान्य हुँदै

जेनजी आन्दोलनमा ३४ जनाको मृत्यु, १,३६८ घाइते

गोरखाको बारपाक सुलिकोटमा विद्यालय नियमित सञ्चालन

तिखो मिडिया नेटवर्क द्वारा सञ्चालित तिखो न्युज डटकम
www.tikhonews.com
ठेगाना:- गरुडा नगरपालिका –४ रौतहट
+९७७९८४५२५२०३२
इमेल:- tikhonews@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : गौतम कुमार साह
  • +९७७९८४५२५२०३२
    • सह सम्पादक : ...............
    • +९७७ ९८१४७९१६२१
      • सम्वाददाता : ....................

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.