काठमाडौं । संविधान दिवस (३ असोज)मा पार्टी एकताको घोषणा गर्नेगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाहेकका कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । समाजवादी मोर्चा हुँदै पार्टी एकतासम्म पुग्ने उद्घोष गरेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), आमजनता पार्टी (आजपा), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेतृत्व एकीकरणको अन्तिम गृहकार्यमा जुटेका छन् ।