Tikho News
Thursday, September 11, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Tikho News
No Result
View All Result

Home » कमला पुल निर्माणमा ढिलासुस्ती नगर्न ध्यानाकर्षण

कमला पुल निर्माणमा ढिलासुस्ती नगर्न ध्यानाकर्षण


कमला पुल निर्माणमा ढिलासुस्ती नगर्न ध्यानाकर्षण

सिरहा। सिरहा र धनुषा जोड्ने कमला नदीमाथिको हुलाकी सडकअन्तर्गतको बहुप्रतिक्षित पुल निर्माणमा लामो समयदेखि भइरहेको ढिलासुस्तीप्रति धनुषा, सिरहा र सप्तरी जिल्लाका स्थानीय तह प्रमुखले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

कमला नगरपालिकाका प्रमुख विशेश्वर यादवको अध्यक्षतामा आज सम्पन्न अन्तरक्रियामा ती जिल्लाका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको उपस्थितिमा पुल निर्माणमा भइरहेको अलपत्र अवस्थाबारे छलफल गरिएको हो।

कार्यक्रममा सहभागी स्थानीय तहका प्रतिनिधिले हालको डिजाइनमा कमला पुल निर्माण सम्भव नभएको निष्कर्ष निकाल्दै अब नयाँ डिजाइन, इस्टिमेट र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पुनःनिर्माण प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिएका छन्।

पुलको मर्मतसम्भार तथा पुनःनिर्माणका लागि संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी अल्पकालीन र दीर्घकालीन समाधान खोज्न पनि सहभागीले एकमत भएर निर्णय गरेको बरियापट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष महतोले जानकारी दिए।

विसं २०६८ मा सुरु भएको पुल निर्माण अहिलेसम्म पनि अधुरै रहँदा स्थानीय जनताको दैनिकीमा ठूलो असर परेको छ। बाढी, लापरवाही र ठेकेदारको गैरजिम्मेवारीले निर्माण प्रक्रिया पटकपटक अवरुद्ध भएको हो।

पप्पु कन्स्ट्रक्सन र पछि लुम्बिनी विल्डर्सले जिम्मा लिँदा पनि समयमा काम पूरा गर्न नसकेको जनाउँदै अब जिम्मेवार र सक्षम निर्माण कम्पनीमार्फत काम अगाडि बढाइनुपर्ने आवाज पनि उठेको छ।

अन्तरक्रियामा जनकपुर उपमहानगर प्रमुख मनोजकुमार साह, बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाह, औरही गाउँपालिका अध्यक्ष शिवजी यादव, बरियापट्टी गाउँपालिका अध्यक्ष महतो, भवगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलगायत प्रतिनिधिहरूले यसपटक पुल निर्माणमा कुनै ढिलासुस्ती सह्य नहुने स्पष्ट पारेका छन्।

बरियापट्टी गाउँपालिका अध्यक्ष महतोले भने, ‘अब जिल्लास्तरीय अन्तरक्रियासमेत गर्दै निर्माण कार्य सुरु गराउन दबाब सिर्जना गरिनेछ।’ पुल नहुँदा बर्सेनि बाढी, आर्थिक गतिविधिमा बाधा, विद्यार्थीको पढाइ, बिरामीको आवतजावतजस्ता विषयमा स्थानीयले सास्ती भोग्दै आएका छन्।

तिखो न्यूज

तिखो न्यूज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धादिङको गजुरीमा ३५ फरार कैदीबन्दी पक्राउ

रामेछापमा बोलेरो दुर्घटना, ४ जना घाइते

राष्ट्रपति पौडेल : संवैधानिक बाटोमै निकास खोज्ने प्रयास जारी

सेनाको गस्तीपछि गरुडा बजार सामान्य हुँदै

जेनजी आन्दोलनमा ३४ जनाको मृत्यु, १,३६८ घाइते

गोरखाको बारपाक सुलिकोटमा विद्यालय नियमित सञ्चालन

तिखो मिडिया नेटवर्क द्वारा सञ्चालित तिखो न्युज डटकम
www.tikhonews.com
ठेगाना:- गरुडा नगरपालिका –४ रौतहट
+९७७९८४५२५२०३२
इमेल:- tikhonews@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : गौतम कुमार साह
  • +९७७९८४५२५२०३२
    • सह सम्पादक : ...............
    • +९७७ ९८१४७९१६२१
      • सम्वाददाता : ....................

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.