Tikho News
Thursday, September 11, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Tikho News
No Result
View All Result

Home » ललितपुरमा सुरक्षा र सुन्दरता : डिभाइडरको ठाउँमा गमला

ललितपुरमा सुरक्षा र सुन्दरता : डिभाइडरको ठाउँमा गमला


ललितपुर । ललितपुर कला र संस्कृतिको जीवन्त सहर । पाटन दरबार स्क्वायरका इँटामा प्राचीन कथा गुञ्जिन्छन्, हरेक गल्लीमा परम्परागत शिल्पको सुगन्ध छरिएको छ । तर केही समयअघिसम्म यस सुन्दर सहरको मुहारमा एउटा दाग थियो, सडकका बिचमा राखिएका कङ्क्रिटका खस्रा र निर्जीव डिभाइडरहरू ।

ती डिभाइडरहरू सहरको सौन्दर्य घटाउने कारक बनेका थिए नै, अँध्यारोमा कैयौँ दुर्घटनाका साक्षी पनि बनेका थिए । सडकका संरचनाहरूले दिने सुरक्षाको अनुभूति त्यहाँ अभाव थियो, दुर्घटनाको जोखिमले चालक र यात्रुलाई सधैँ त्रसित बनाइरहेको थियो ।

तर अहिले ललितपुरको दृश्यमा परिवर्तन आएको छ । सहरको मुहार फेरेको मात्र छैन, सुरक्षा र वातावरणमा समेत सकारात्मक प्रभाव पारेको छ ।

lalitpur gamala (2)

चक्रपथ ग्वार्कोको ओभरपास होस् वा सातदोबाटो चोकको व्यस्तता, जावलाखेलको फराकिलो सडक होस् या कुपण्डोल र पुल्चोकको ऐतिहासिक परिवेश सडकको बिच भाग हरियालीले सजाइएको छ । पहिलेका सिमेन्ट र प्लास्टिकका डिभाइडरको ठाउँ माटाका ठुला गमलामा राखिएका हरिया बिरुवाले लिएका छन् । यसले सडकलाई अनुपम सौन्दर्य प्रदान गरेको छ ।

ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार डिभाइडरहरूको समस्याकै कारण अहिले परिवर्तनको आवश्यकता परेको हो ।

‘ललितपुर महानगरपालिकाले यो काम मेयर चिरीबाबु महर्जनको निर्देशनमा सुरु भएको हो । यसको मुख्य उद्देश्य भनेको ललितपुर महानगरलाई दुर्घटनामुक्त बनाउनु र यसको सौन्दर्यलाई अझ बढाउनु हो,’  हाछेथु भन्छन् । उनका अनुसार पहिले जुन सिमेन्टको ब्लक डिभाइडरको रूपमा राखिएको थियो, त्यसले सहरमा ठुला समस्या निम्त्याएको थियो ।

lalitpur gamala (1)

‘पहिले जुन सिमेन्टको ब्लक राखेका थियौँ, त्यसले धेरै दुर्घटना गरायो,’ उनी भन्छन् ।

सडक बत्ती नराखिएका व्यस्त चक्रपथमा ती सिमेन्टका ब्लकहरू दुर्घटनाका पासो बन्थे । ‘राति त अब कुनै ठाउँमा बत्ती होइन, रिङरोडमा त सडक बत्ती पनि छैन । अँध्यारो छ, अँध्यारो हुँदाखेरि त्यहाँ धेरै दुर्घटना भएको थियो,’ हाछेथु भन्छन् ।

ट्राफिक प्रहरीको रूपमा आफ्नो कार्यकालमा हाछेथुले धेरै दुर्घटना नजिकबाट नियालेका छन् । मापसे गरेर गाडी चलाउने होस् वा तीव्र गतिमा सवारी चलाउने चालक, ती ब्लकहरूमा ठोक्किएर अकालमा ज्यान गुमाउने गरेको धेरै देखेका छन् ।

‘त्यति मात्रै होइन यसले ललितपुर जस्तो सांस्कृतिक र कलात्मक सहरको मौलिक पहिचानलाई पनि बिगारेको थियो ।  बिहान काममा निस्कनेदेखि साँझ घर फर्किनेसम्म ती कङ्क्रिटका संरचनाहरूले सहरवासीको मनमा एक प्रकारको निराशा पैदा गर्थे,’ हाछेथु भन्छन्, ‘कुनै रङ, कुनै जीवन्तता नभएको त्यो दृश्य ललितपुरको सौन्दर्यका लागि सुहाउँदो थिएन । त्यसकारण यो परिवर्तन गरिएको हो ।’

हाछेथुका अनुसार समस्याको समाधान खोज्ने क्रममा प्लास्टिकका पोलहरू राख्ने प्रयास पनि गरियो । तर त्यो प्रयास पनि असफल भयो । ‘प्लास्टिकको पोल राखेका थियौँ, तर मेयर साबले प्लास्टिकको पोलले धेरै राम्रो देखिएन । यसमा गमला राखेर, फूलसहितको हरियाली राखेर हेर्दा कस्तो होला भनेपछि हामीले यो सुरु गरेका हौँ ।’

lalitpur gamala (5)

  • सडकमै हरियाली 

गमलाले भरिएका बिरुवाहरूले ललितपुरको सडकलाई नयाँ जीवन दिएका छन् । ग्वार्कोको अग्लो ओभरपासमा होस् वा जावलाखेलको फराकिलो सडकमा यात्रा गर्दा यात्रुहरूले सडकको दुवैतिर हरियाली महसुस गर्छन् ।

स्थानीय सुयोग महर्जन भन्छन्, ‘वास्तवमै रङीचङ्गी फूलहरू र हरिया पातहरूले सहरको निरस वातावरणमा एक प्रकारको जीवन्तता भरेका छन् । विदेशी सहरहरूमा देखिने यस्ता हरियाली करिडोरहरू अहिले ललितपुरमा पनि देख्न सकिन्छ । जसले सहरवासीको आत्मसम्मान बढाएको छ र पर्यटकहरूलाई समेत आकर्षित गरेको छ ।‘

  • चरणबद्ध हुँदैछ काम  

यो हरियाली अभियान चरणबद्ध रूपमा अघि बढिरहेको छ र यसको विस्तार ललितपुर महानगरपालिकाका विभिन्न क्षेत्रमा भइरहेको महानगरले जनाएको छ । महानगर प्रहरीका अनुसार अहिलेसम्म ३७१ वटा गमला राखिएको छ ।

‘अब यो अभियान ललितपुर महानगरभित्रका अन्य मुख्य सडकहरूमा पनि विस्तार गरिनेछ ।  ४०० वटा रिङरोडभित्र र रिङरोडबाहिर ४०० वटा राख्छौँ,’ महानगर प्रहरी प्रमुख हाछेथु भन्छन् ।

lalitpur gamala (4)

बालकुमारीदेखि नख्खु–बल्खुसम्मका क्षेत्रमा गमला राखिनेछन् । यो सम्पूर्ण काम करिब दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको हाछेथु बताउँछन् ।

‘बिरुवासहितको गमला राखेपछि पानी राख्ने, रङ लगाउने, हरियालीको काम सबै हामीले नै गर्छौँ,’ उनी भन्छन्, ‘गमलाका बिरुवाहरूमा नियमित पानी हाल्ने, आवश्यक पर्दा मल हाल्ने, सुकेका वा रोग लागेका पातहरू हटाउने र बिरुवाहरू बिग्रिएमा वा मरेमा तुरुन्तै नयाँ बिरुवा राख्ने काम हाम्रो जिम्मेवारीमा पर्छ ।‘

lalitpur gamala (3)

  • दुर्घटना कम हुने अपेक्षा 

हरियालीले भरिएका गमलाहरूले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेका छन् । पहिलेका कङ्क्रिट ब्लकहरू रातमा नदेखिने समस्या थियो, जसले गर्दा धेरै सवारीसाधन ठोक्किन्थे । सिमेन्टका ब्लकहरूको कुनै चमक वा परावर्तक गुण नहुँदा रातिको अँध्यारोमा तिनलाई छुट्ट्याउन गाह्रो हुन्थ्यो । तर अहिले हरियालीले भरिएका गमलाले त्यो समस्या समाधान गरेका छन् ।

बिरुवाका पातहरूले डिभाइडरको आकारलाई बढी स्पष्ट पार्छन्, जसले गर्दा चालकहरूले टाढैबाट डिभाइडरको उपस्थिति थाहा पाउँछन् । हरियो रङले चालकको ध्यान आकर्षित गर्ने र गति नियन्त्रण गर्न मनोवैज्ञानिक प्रभाव पनि पार्ने महानगरको भनाइ छ ।

‘पात बढी आएपछि त मोटरसाइकलले पनि गमला नछुने भयो,’ हाछेथु भन्छन्, ‘यसले अनियन्त्रित गतिमा सवारी चलाउने प्रवृत्तिलाई कम गर्छ र चालकहरूलाई बढी सतर्क हुन बाध्य पार्छ,’ हाछेथु भन्छन्, ‘यसले सडकमा एक सुरक्षित र व्यवस्थित वातावरण सिर्जना गरेको छ, जहाँ दुर्घटनाको जोखिम उल्लेख्य रूपमा घटेको छ ।’ गमलामा सेतो रङ पोतेकाले गति सीमित गर्न चालकहरुलाई मद्दत गर्ने उनको भनाइ छ ।

lalitpur gamala (6)

  • जथाभाबी काट्न पाइँदैन सडक 

गमलाले भरिएका डिभाइडरहरूले पैदलयात्रीको सुरक्षामा सुधार ल्याउने महानगरको अपेक्षा छ । पहिले गमला नहुँदा मानिसहरू जथाभाबी बाटो काट्थे, जसले गर्दा सवारी दुर्घटनाको जोखिम अत्यधिक हुन्थ्यो । तर अहिले गमलाहरूले पैदलयात्रीहरूलाई जथाभाबी बाटो काट्नबाट रोक्छ ।’

‘जेब्रा क्रसिङको प्रयोगले पैदलयात्रीलाई मात्र होइन, सवारी चालकलाई पनि फाइदा पुगेको छ । किनभने पैदलयात्रीको आवागमन अनुमान गर्न सकिने  भएको छ, जसले गर्दा चालकले सजिलै गाडी चलाउन सक्छन् । गाडी चलाउनलाई पनि सजिलो भयो,’ हाछेथु भन्छन् ।

ललितपुर जस्तो व्यस्त सहरमा सवारीसाधनको धुवाँ र प्रदूषणको समस्या ठुलो छ । यस्तो अवस्थामा हरियालीले प्राकृतिक एयर फिल्टरको काम गने महानगरको भनाइ छ । महानगरको वातावरण महाशाखाका अनुसार सहरी तापक्रम कम गर्न पनि हरियालीको भूमिका महत्त्वपूर्ण हुन्छ ।

तिखो न्यूज

तिखो न्यूज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धादिङको गजुरीमा ३५ फरार कैदीबन्दी पक्राउ

रामेछापमा बोलेरो दुर्घटना, ४ जना घाइते

राष्ट्रपति पौडेल : संवैधानिक बाटोमै निकास खोज्ने प्रयास जारी

सेनाको गस्तीपछि गरुडा बजार सामान्य हुँदै

जेनजी आन्दोलनमा ३४ जनाको मृत्यु, १,३६८ घाइते

गोरखाको बारपाक सुलिकोटमा विद्यालय नियमित सञ्चालन

तिखो मिडिया नेटवर्क द्वारा सञ्चालित तिखो न्युज डटकम
www.tikhonews.com
ठेगाना:- गरुडा नगरपालिका –४ रौतहट
+९७७९८४५२५२०३२
इमेल:- tikhonews@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : गौतम कुमार साह
  • +९७७९८४५२५२०३२
    • सह सम्पादक : ...............
    • +९७७ ९८१४७९१६२१
      • सम्वाददाता : ....................

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.