Tikho News
Thursday, September 11, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Tikho News
No Result
View All Result

Home » हाटबजार विस्तार गर्दै आँबुखैरेनी गाउँपालिका

हाटबजार विस्तार गर्दै आँबुखैरेनी गाउँपालिका


हाटबजार विस्तार गर्दै आँबुखैरेनी गाउँपालिका

दमौली । प्रत्येक शुक्रबार हाटबजार सञ्चालन हुँदै आएको तनहुँको आँबुखैरेनीमा अब सोमबार पनि हाटबजार लाग्ने भएको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित सिद्धी गणेश टोलको बसपार्क क्षेत्रमा यही भदौ ३० गतेदेखि प्रत्येक सोमबार हाटबजार सञ्चालन हुनेछ ।

अहिले आँबुखैरेनी–३ स्थित गाउँपालिका कार्यालय नजिक प्रत्येक शुक्रबार हाटबजार सञ्चालन भइरहेको छ । गाउँपालिकाले कृषक र उपभोक्ताको मागलाई मध्यनजर गरी स्वदेशी उत्पादनलाई थप प्रवर्द्धन गर्न कृषिउपजको बजारीकरणका लागि हाटबजारको दायरा फराकिलो बनाउन लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

उनले भने– ‘हाटबजार स्थानीय कृषकले उत्पादन गरेका कृषिउपज सामग्री बिक्रीका लागि प्रभावकारी बनेको छ, एक ठाउँमा साताव्यापी रुपमा हाटबजार सञ्चालन भएकामा अब दुई ठाउँमा सञ्चालन हुँदा कृषक र उपभोक्तालाई थप सहज हुनेछ ।’

गाउँपालिकाले हाल सञ्चालन गरेको हाटबजारमा स्थानीय उत्पादन खरिद बिक्रीका लागि प्रत्येक शुक्रबार बिहानैदेखि भीड लाग्ने गरेको छ ।  विसं २०८० फागुनदेखि सञ्चालित हाटबजारले कृषक र उपभोक्तालाई प्रत्यक्ष जोड्न सफल भएको छ । कृषकले आफूले उत्पादन गरेका सामग्री बजारीकरणका लागि हाटबजार प्रभावकारी बनेको छ ।

हाटबजारले आँबुखैरेनीको मात्रै नभई आसपासका स्थानीय तहको पनि ध्यान खिचेको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । हाटबजारमा स्थानीय मह, गोलभेँडा, सिस्नु, गिट्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लिकानलगायत दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्ने व्यवस्था मिलाइएको छ । हाटबजारमा स्थानीय उत्पादन बिक्री वितरणको व्यवस्था मिलाएपछि उपभोक्तालाई सहज भएको केसीको भनाइ छ ।

कृषक विमला गुरुङले हाटबजार कृषिउपज वस्तु बजारीकरणका लागि सहयोगी बनेको बताइन् । कृषक सुकमाया चेपाङले अन्य ठाउँमा गएर बिक्री गर्नुभन्दा हाटबजारमा ल्याएर बिक्री गर्दा एक रुपैयाँ भए पनि बढी मूल्य पाउने गरेको उल्लेख गरिन् ।

तिखो न्यूज

तिखो न्यूज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धादिङको गजुरीमा ३५ फरार कैदीबन्दी पक्राउ

रामेछापमा बोलेरो दुर्घटना, ४ जना घाइते

राष्ट्रपति पौडेल : संवैधानिक बाटोमै निकास खोज्ने प्रयास जारी

सेनाको गस्तीपछि गरुडा बजार सामान्य हुँदै

जेनजी आन्दोलनमा ३४ जनाको मृत्यु, १,३६८ घाइते

गोरखाको बारपाक सुलिकोटमा विद्यालय नियमित सञ्चालन

तिखो मिडिया नेटवर्क द्वारा सञ्चालित तिखो न्युज डटकम
www.tikhonews.com
ठेगाना:- गरुडा नगरपालिका –४ रौतहट
+९७७९८४५२५२०३२
इमेल:- tikhonews@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : गौतम कुमार साह
  • +९७७९८४५२५२०३२
    • सह सम्पादक : ...............
    • +९७७ ९८१४७९१६२१
      • सम्वाददाता : ....................

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.