Tikho News
Thursday, September 11, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Tikho News
No Result
View All Result

Home » बौद्धमा युवकमाथि खुकुरी प्रहार घटना : बाबुलाई हानेको बदला लिन मार्ने योजनाले आक्रमण

बौद्धमा युवकमाथि खुकुरी प्रहार घटना : बाबुलाई हानेको बदला लिन मार्ने योजनाले आक्रमण


२२ भदौ, काठमाडौं । गत १२ साउनको राति साढे ९ बजेतिर बौद्धको बाहुनाधारामा जीतबहादुर मोक्तानमाथि अन्धाधुन्ध खुकुरी प्रहार भयो । काभ्रेको रोशी गाउँपालिका-१० घर भएका उनी बौद्धमा बस्दै आएका थिए ।

त्यस राति नयाँ बस्तीको डी क्याफेमा खाजा खाएर उनी बाहिर निस्किए । मोटरसाइकलमा चढेर घर जाँदै थिए । त्यही बेला उनीमाथि अन्धाधुन्ध खुकुरी प्रहार भयो । उनी मोटरसाइकलबाट झरेर भाग्न थाले । तर, त्यो समूहले लखेट्दै उनीमाथि खुकुरी प्रहार गर्‍यो ।

करिब चार जनाको समूहले मोक्तानको पेट, ढाड र हातलगायतका ठाउँमा खुकरी प्रहार गर्‍यो । खुकुरी प्रहारबाट उनी ढलेपछि उक्त समूह त्यहाँबाट फरार भयो ।

स्थानीयले उनलाई उद्धार गरेर उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्‍याए । त्यहाँबाट त्रिवि शिक्षण अस्पतालमा रेफर गरियो । शिक्षण अस्पतालबाट फेरि उनलाई ग्वार्कोस्थित बी एण्ड बी अस्पताल लगियो ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

लामो समय बी एण्ड बीमै उपचार गराएपछि डिस्चार्ज भएर उनी घर फर्किएका छन् । तर, यो बीचमा आक्रमणकारीहरु पक्राउ परेनन् । एक महिनापछि भने खुकुरी प्रहारको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोगमा उनीहरुलाई दिल्लीबाट पक्राउ परेर काठमाडौं ल्याएको स्रोतले बताएको छ ।

आक्रमण गर्ने मुख्य नाइकेसहित तीन जनालाई समातिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

गड्डाचौकीबाट समातिएको भनेर प्रहरीले औपचारिक रुपमा बताए पनि उनीहरुलाई दिल्लीबाट समातिएको प्रहरी स्रोतले बताएको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्क घर भइ जोरपाटी बस्दै आएका २५ वर्षीय लोब्साङ तामाङ, नुवाकोटको शिवपुरी गाउँपालिका–१ घर भइ जोरपाटी नै बस्ने ३३ वर्षीय छुमन भनिने सुमन ब्लोन तामाङ, शिवपुरी–१ नै घर भइ जोरपाटी बस्ने ३४ वर्षीय कुमार ब्लोन तामाङ छन् ।

उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो । खुकुरी प्रहार गरेपछि उनीहरु लामो समयदेखि फरार थिए ।

आक्रमणको मुख्य योजनाबार लोब्साङ रहेको पाइएको छ । उनकै योजनामा मार्ने उद्देश्यले मोक्तानमाथि खुकुरी प्रहार गरिएको प्रहरीले बताएको छ ।

दिल्लीबाट पक्राउ परेका लोब्साङले खुकुरी हान्नुको कारण भने आफ्नो बाबुसँग जोडेका छन् । १२ साउनकै दिउँसो ४ बजेतिर मोक्तानले आफ्नो बाबुमाथि आक्रमण गरेकाले त्यसको बदला लिन आफूले आक्रमण गरेको लोब्साङले बताएको प्रहरी अधिकारीहरू बताउँछन् । ‘बाबुलाई कुटपिट गरेकाले त्यसको बदला लिने आक्रमण गरेको हुँ’, लोब्साङलाई उद्धृत गर्दै एक अनुसन्धान अधिकृतले भने ।

लोब्साङका बाबु अशोक र खुकुरी प्रहारबाट घाइते भएका मोक्तानलगायत ओखर (जुवा) खेल्ने गरेको र सोही विषयमा विवादमा हुँदा मोक्तानले अशोकलाई पिटेको बताइएको छ । यो कुरा लोब्साङले थाहा पाएपछि त्यसै राति मोक्तानमाथि आक्रमण भएको थियो .

यो बाहेक उनीहरुबीच अन्य विवाद पनि भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । सामाजिक सञ्जाल टिकटकदेखि युवतीसम्मको विवाद उनीहरुबीच हुनसक्ने आशंका प्रहरीको छ ।

को हुन् लोब्साङ ?

आक्रमणका योजनाकार लोब्साङले नेपाली कांग्रेसको भातृ संगठन तरुण दल सिन्धुपाल्चोकका सदस्य रहेको पाइएको प्रहरी स्रोत बताउँछ । उनी सिन्धुपाल्चोक दरुण दल अध्यक्ष सञ्जय लामा (झिंगे) निकट मानिन्छन् । झिंगेको पृष्ठभूमि पनि राम्रो नरहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

यो बाहेक पछिल्लो समय लोब्साङले बौद्ध, जोरपाटी क्षेत्र मा गुण्डागर्दी गर्न थालेको प्रहरीको बुझाइ छ । यसअघि लोब्साङले माकलबारीकै एक स्नुकर हाउसमा एक व्यक्तिमाथि हेल्मेट प्रहार गरेको भन्ने मौखिक उजुरी आएको प्रहरीले बताएको छ ।

तिखो न्यूज

तिखो न्यूज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धादिङको गजुरीमा ३५ फरार कैदीबन्दी पक्राउ

रामेछापमा बोलेरो दुर्घटना, ४ जना घाइते

राष्ट्रपति पौडेल : संवैधानिक बाटोमै निकास खोज्ने प्रयास जारी

सेनाको गस्तीपछि गरुडा बजार सामान्य हुँदै

जेनजी आन्दोलनमा ३४ जनाको मृत्यु, १,३६८ घाइते

गोरखाको बारपाक सुलिकोटमा विद्यालय नियमित सञ्चालन

तिखो मिडिया नेटवर्क द्वारा सञ्चालित तिखो न्युज डटकम
www.tikhonews.com
ठेगाना:- गरुडा नगरपालिका –४ रौतहट
+९७७९८४५२५२०३२
इमेल:- tikhonews@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : गौतम कुमार साह
  • +९७७९८४५२५२०३२
    • सह सम्पादक : ...............
    • +९७७ ९८१४७९१६२१
      • सम्वाददाता : ....................

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.