Tikho News
Thursday, September 11, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Tikho News
No Result
View All Result

Home » वीरगन्जमा हैजा फैलिएको दुई हप्ता बितिसक्दा पनि अझैसम्म पत्ता लाग्न सकेन ‘हैजा फैलनुको कारण’

वीरगन्जमा हैजा फैलिएको दुई हप्ता बितिसक्दा पनि अझैसम्म पत्ता लाग्न सकेन ‘हैजा फैलनुको कारण’


 

वीरगन्जमा हैजाको संक्रमण फैलिएको दुई हप्ता बितिसक्दा पनि हैजाको श्रोत अझैसम्म पत्ता लाग्न सकेको छैन ।वीरगन्जमा पहिलो दिन भदौं ६ गते तीन जनामा हैजाको संक्रमण पुष्टि भएकोमा त्यसयता शुक्रबार बेलुकी सम्म १९२ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ ।तर अहिलेसम्म हैजाको श्रोत भने पत्ता लाग्न सकेको छैन ।

स्वास्थ्य कार्यालय पर्सा,नेपाल खानेपानी संस्थान र वीरगन्ज महानगरपालिकाले संक्रमण प्रभावित क्षेत्रका पानीका धारा र घरहरुबाट खानेपानीको नमूना संकलन गरी परिक्षण गर्दै आइरहेका छन् ।तर ती परीक्षणमा हैजाको श्रोत अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

गत बुधबारमात्रै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्य कार्यालय पर्साले वीरगन्जका शंकास्पद ११ स्थानबाट खानेपानीको नमूना संकलन गरी त्यसको गुणस्तर परीक्षण गरेकोमा चार ठाँउको पानीमा दिसाजन्य किटाणु ’इ–कोली’ भेटिएको छ । तर ती पानीमा हैजाको संक्रमण हुने ‘भिब्रियो कोलेरा’ किटाणु भने फेला परेन ।

गत बुधबार वीरगन्जस्थित युथ केयर फाउन्डेसनको रिह्याब सेन्टरको दुई वटा तथा स्वीकृति खाजाघर र स्वीट टी हाउसबाट संकलन गरिएका एक–एकवटा नमूनामा दिसाजन्य किटाणु ’इ–कोली’ भेटिएको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए।तर त्यसमा हैजाको संक्रमण हुने भिब्रियो कोलेरा किटाणु भने नदेखिएको उनले बताए ।

यसअघि खानेपानी तथा ढल व्यवस्थापन विभागको टोलीले गत भदौ ८ गते १३ स्थान, भदौं ९ गते २५ स्थान र भदौं १० गते ५ स्थान गरी ४३ स्थानबाट डिप बोरिङ र खानेपानी संस्थानको धाराबाट पानीको नमूना संकलन गरेर पानीको गुणस्तर परीक्षण विभागको केन्द्रीय पानी परीक्षण प्रयोगशालामा परीक्षण गरेको थियो। शुक्रबार साँझ प्राप्त त्यसको रिपोर्टमा पनि दिसाजन्य किटाणु ’इ–कोली’ र हैजाको संक्रमण हुने ‘भिब्रियो कोलेरा’ दुवै किटाणु भने नदेखिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

यस्तै भदौं १२ गते वीरगन्ज महानगरपालिकाको टोलीले वडा नम्बर १०, ११ र १२ का गरी ७ स्थानबाट डीप बोरिङ र खानेपानी संस्थानका धाराको पानीको नमूना महानगरकै खानेपानी प्रशोधन केन्द्रको प्रयोगशालामा परीक्षण गर्दापनि त्यसमा पनि हैजाको भिब्रियो कोलेरा वा दिसाजन्य किटाणु भेटिएन ।

गत भदौं १४ गते वीरगन्ज आएका गृहमन्त्री रमेश लेखकले वीरगन्जमा हैजाको संक्रमण छिट्टै पत्ता लगाउने दाबी गरेका थिए । अस्पतालहरुको अनुगमनपछि सरोकारवालाहरुसंगको छलफलमा उनले भनेका थिए,‘हैजाको संक्रमण फैलिनुको कारण पत्ता लगाउन सरकार लागि पर्छ ।यसको कारण नै के हो ? भनेर पत्ता लाग्न जरुरी छ । संक्रमण फैलिएको निक्कै दिन भइसक्दा पनि यसको कारण के हो ? अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।अब हामी कारण पत्ता लगाउन पनि ध्यान दिन्छौ । त्यसका लागि सरकार लागी पर्छ ।’

तर गृहमन्त्री लेखकपनि वीरगन्जबाट फर्किएर गएको एक हप्ता बितिसक्दापनि हैजा फैलनुको कारण अर्थात हैजाको श्रोत पत्ता लाग्न सकेको छैन ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत ठाकुरले भने,‘ प्रभावित क्षेत्रबाट पानीको नमूना संकलन गरेर विभिन्न प्रयोशगलामा परीक्षण गर्ने काम अझैपनि चलिरहेकै छ । तर अहिलेसम्मको परीक्षणमा पानीमा हैजाको संक्रमण हुने किटाणु भिब्रियो कोलेरा भने भेटिएको छैन ।केहिस्थानका पानीको नमूनामा परिक्षणमा दिसाजन्य किटाणु इ–कोली मात्रै भेटिएको छ ।’

के छ वीरगन्जको अवस्था ?

वीरगन्जमा हैजा संक्रमण नियन्त्रण उन्मुख रहेपनि यहाँका अस्पतालहरुमा झाडापखाला र हैजाका संक्रमित बिरामीहरु उपचारका लागि आउने क्रम जारी नै छ ।तर उक्त संख्या भने दिनहुँ घट्दो क्रममा रहेको छ ।

अस्पतालहरुमा झाडपखालाका नयाँ बिरामी र हैजा संक्रमण पुष्टि हुने बिरामी दुवैको संख्या घट्दै गएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत ठाकुरले बताए ।

अस्पतालमा शनिबार झाडापखालाका नयाँ बिरामी २१ जना मात्रै भर्ना भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।तीमध्ये २ जनामा मात्रै हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए।

वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत झाडापखालाका सिकिस्त बिरामीहरुको आरडिटी किटबाट हैजाको परीक्षण हुदै आएको छ ।हालसम्म (भदौं ६ गते शनिबाार भदौं २१ गतेबिहानसम्म ) १९२ जनामा हैजाको संक्रमण पुष्टि भएको ठाकुरले जानकारी दिए । तीमध्ये १७५ जना निको भई अस्पतालबाट डिस्चार्ज भइसकेको र हाल अस्पतालमा १७ जनामात्रै उपचाररत रहेका छन् ।

यसैगरि हालसम्म (भदौं ६ देखि भदौं २१ गते बिहानसम्म ) कूल १ हजार ७५ जना झाडापखालाबाट संक्रमित भएकोमा तीमध्ये अस्पतालमा उपचारपछि निको भएर ९ सय ९१ जना घर फर्किसकेको ठाकुरले बताए । हाल विभिन्न अस्पतालमा गरी ८४ जनामात्रै झाडापखालाका बिरामी उपचाररत रहेको भन्दै उनले आइसियुमा उपचारत बिरामीको संख्या हाल १० मात्रै रहेको जानकारी गराए ।

 

तिखो न्यूज

तिखो न्यूज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धादिङको गजुरीमा ३५ फरार कैदीबन्दी पक्राउ

रामेछापमा बोलेरो दुर्घटना, ४ जना घाइते

राष्ट्रपति पौडेल : संवैधानिक बाटोमै निकास खोज्ने प्रयास जारी

सेनाको गस्तीपछि गरुडा बजार सामान्य हुँदै

जेनजी आन्दोलनमा ३४ जनाको मृत्यु, १,३६८ घाइते

गोरखाको बारपाक सुलिकोटमा विद्यालय नियमित सञ्चालन

तिखो मिडिया नेटवर्क द्वारा सञ्चालित तिखो न्युज डटकम
www.tikhonews.com
ठेगाना:- गरुडा नगरपालिका –४ रौतहट
+९७७९८४५२५२०३२
इमेल:- tikhonews@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : गौतम कुमार साह
  • +९७७९८४५२५२०३२
    • सह सम्पादक : ...............
    • +९७७ ९८१४७९१६२१
      • सम्वाददाता : ....................

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.