
आफू राष्ट्रपति भएको पहिलो सय दिनको अवसरमा बोल्ने क्रममा लिको यो भनाई आएको हो । छापा मार्ने क्रममा सो कारखानाबाट झन्डै ५ सय जति गैरकानूनी रुपमा अमेरिका बसिरहेका आप्रवासी कामदार भेटिएका थिए ।
यीमध्ये ३ सय भन्दा धेरै दक्षिण कोरियाली नागरिक थिए । शुक्रबार यी आप्रवासीलाई स्वदेश फर्काउन बुधबार नै दक्षिण कोरियाले चार्टर विमान अमेरिका पठाएको थियो । अमेरिकी पक्षका कारण स्वदेश फिर्तीमा ढिलाइ भएको बताइएको छ । विदेशमा रहेका दक्षिण कोरियाली कम्पनीलाई मद्दत गर्न कामदार पठाउनु कोरियाका लागि नौलो अभ्यास नभएको भन्दै लिले अमेरिकी अवस्था निकै अलमल्ल पार्ने खालको भएको भनेका थिए ।
अब उप्रान्त यस्तो गर्न दिइएन भने अमेरिकामा कारखाना खोल्नु झनै दुष्कर हुने भन्दै लिले दक्षिण कोरियाली कम्पनीले त्यहाँ कारखाना खोल्नुको अर्थ के भन्ने प्रश्न गरेका छन् । गएको हप्ता अमेरिकी अधिकारीहरूले जर्जियामा रहेको ह्युन्डाईको ब्याट्री बनाउने कारखानाबाट ४७५ जना अवैध आप्रवासीलाई समातेका थिए । जर्जियामा रहेको यो कारखाना कम्पनीको अमेरिकामा अहिलेसम्मकै ठुलो लगानीमा खुलेको कारखाना थियो ।