Tikho News
Thursday, September 11, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Tikho News
No Result
View All Result

Home » आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान

आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान


आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान

इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा कुल ७४ खेल खेलिने छ । त्यसमध्ये सोमबार रातिसम्म ३८ खेल समाप्त भइसकेको छ । अर्थात, जारी आईपीएलमा आधाभन्दा बढी खेल खेलिसकिएको छ ।आईपीएलको १७औँ संस्करणले आधा बाटो तय गर्दासम्म थुप्रै कीर्तिमान पनि बनेका सकेका छन् । आईपीएलको इतिहासमा एक पालीमा सर्वाधिक रनको नयाँ कीर्तिमान पनि यही संस्करणमा बनेको छ । सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध तीन विकेट गुमाएर दुई सय ८७ रन बनाएको थियो ।आईपीएलको इतिहासमा कुनै पनि टोलीले एकै पालीमा बनाएको यो नै सर्वाधिक रन हो । उक्त खेलमा जवाफी ब्याटिङ गरेको बैंगलुरुले पनि सात विकेट गुमाएर दुई सय ६२ रन बनाएको थियो । दुवै टोलीले विशाल योगफल बनाएको त्यो खेलमा हैदराबाद केवल २५ रनले विजयी भएको थियो ।  आईपीएलको अघिल्लो संस्करणसम्म कुनै पनि टोलीले एक पालीमा बनाएको उच्च स्कोर दुई सय ६३ रन थियो । त्यो स्कोर सन् २०१३ को आईपीएलमा पुणे वारियर्सविरुद्ध रोयल च्यालेन्जर्स बैंगलुरुले बनाएको थियो । १० वर्षसम्म त्यो कीर्तिमान कसैले तोड्न सकेको थिएन ।तर, सन् २०१३ मा बनेको त्यो कीर्तिमान आईपीएलको १७औँ संस्करणमा पटक–पटक तोडिएको छ । अर्थात, आईपीएलको जारी संस्करणमा चारपटक दुई सय ६३ भन्दा बढी रन बनिसकेको छ । दुई सभन्दा बढी रन त धेरै पटक बनिसकेको छ ।कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्धको खेलमा दुवै टोलीले दुई सयभन्दा बढी रन बनाएका थिए । उक्त खेलमा कोलकाता एक रनले विजयी भएको थियो । दिल्लीविरुद्धको खेलमा सनराइजर्स हैदराबादले सात विकेट गुमाएर दुई सय ६६ रन बनाएको थियो ।यसैगरी कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबिचको खेलमा पनि दुवै टोलीले दुई सयभन्दा बढी रन बनाएका थिए । उक्त खेलमा राजस्थान दुई विकेटले विजयी भएको थियो । मुम्बईविरुद्धको खेलमा चेन्नई सुपर किङ्सले पनि दुई सय ६ रन बनाएको थियो ।यसैगरी मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबिचको खेलमा पनि दुवै टोलीले दुई सयभन्दा बढी रन बनाएका थिए । त्यो खेलमा मुम्बई २९ रनले विजयी भएको थियो । दिल्ली क्यापिटल्सविरुद्धको खेलका कोलकाता नाइट राइडर्सले दुई सय ७२ रन बनाएको थियो । उक्त खेलमा कोलकाता एक सय ६ रनले विजयी भएको थियो ।मुम्बई इन्डियन्सविरुद्धको खेलमा सनराइजर्स हैदराबादले पनि दुई सय ७७ रन बनाएको थियो । उक्त खेलमा मुम्बईले पनि दुई सय ४६ रन बनाएको थियो । त्यो खेलमा हैदराबाद ३१ रनले विजयी भएको थियो । गुजरात टाइटन्सविरुद्धको खेलमा चेन्नई सुपर किङ्सले दुई सय ६ रन बनाएको थियो ।त्यो खेलमा चेन्नई ६३ रनले विजयी भएको थियो । कोलकाता नाइट राइडर्स र हैदराबादबिचको खेलमा पनि दुवै टोलीले दुई सयभन्दा बढी रन बनाएका थिए । त्यो खेलमा कोलकाता चार रनले विजयी भएको थियो ।आखिर किन आईपीएलको जारी संस्करणमा यति धेरै रन बनिरहेको छ त ? क्रिकेट विश्लेषकहरूका अनुसार, आईपीएलको जारी संस्करणमा बढी रन बन्नुको पछाडि विभिन्न तीनवटा कारण रहेका छन् । त्यसैको बारेमा यहाँ चर्चा गरिएको छ ।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सन् २०२३ मै इम्प्याक्ट प्लेयरको नियम लागू गरेको थियो । तर, त्यसको प्रत्यक्ष असर भने सन् २०२४ को संस्करणमा आएर देखिएको छ ।इम्प्याक्ट प्लेयरको नियम अनुसार, पहिले ब्याटिङ गर्ने टोली सातजना ब्याट्सम्यान लिएर मैदानमा ओर्लन सक्छन् । ती सातजना ब्याट्सम्यानको भरमा पहिले ब्याटिङ गर्ने टोलीले उल्लेख्य सङ्ख्यामा रन बनाउन सक्छ ।त्यसपछि त्यही टोली बलिङ गर्न ओर्लँदा उसले पहिले ब्याटिङ गर्ने एकजना ब्याट्सम्यानलाई हटाएर त्यो स्थानमा कुनै नयाँ बलरलाई इम्प्याक्ट प्लेयरको रुपमा प्लेइङ–११ मा समावेश गराउन पाउँछ । तर, टोलीले इम्प्याक्ट प्लेयरको नाम भने पहिले नै सार्वजनिक गर्नुपर्ने हुन्छ ।स्वाभाविक रुपमा जब कुनै टोली सातजना ब्याट्सम्यानसहित मैदानमा ओर्लन्छ त्यस्तो स्थितिमा बढीभन्दा बढी रन बन्नु स्वाभाविक हुन्छ । जारी आईपीएलमा सनराइजर्स हैदराबाद, कोलकाता नाइट राइडर्सजस्ता टोलीले यो नियमको फाइदा उठाउँदै दुई सयभन्दा बढी रन बनाएका छन् ।आईपीएलको १७औँ संस्करणमा खासगरी सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सले पटक–पटक आक्रमक ब्याटिङ गर्दै आएको देखिन्छ । केही खेलमा मुम्बई इन्डियन्सले पनि आक्रामक ब्याटिङ गरेको छ ।यसका अतिरिक्त जारी आईपीएलमा केही स्टेडियमको बाउन्ड्र पनि ६० मिटरभन्दा कम रहेको छ । यही कारणले कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादले हालसम्म चार–चारपटक दुई सयभन्दा बढी रन बनाइसकेका छन् ।केही क्रिकेट विश्लेषकले त आईपीएलको जारी सिजनमा बलरहरू निरीह बन्दै गएको टिप्पणी पनि गरेका छन् । भारतका पूर्वक्रिकेटर सुनिल गावस्कर पनि बलरहरुलाई निरीह बन्नबाट रोक्न बाउन्ड्री रेखालाई लामो बनाउनु पर्ने बताउँछन् । जारी आईपीएलमा मोहम्मद सिराज, एनरिच नोर्जे, मिचेल स्टार्कजस्ता विश्व चर्चित बलरहरू पनि निरीह बनेको देखिन्छ ।आईपीएलजस्तो लोकप्रिय फ्रेन्चाइज प्रतियोगितामा कुनै पनि टोलीले प्लेइङ–११ मा उत्कृष्ट खेलाडीहरु समावेश गर्नु स्वाभाविक हो । तर, यस्ता फ्रेन्चाइज प्रतियोगितामा खेलाडीहरु विभिन्न टोलीमा बाँडिने भएकाले हरेक टोलीमा नयाँ अनुहारलाई समेटिएको हुन्छ ।यो संस्करणमार्फत पनि विभिन्न टोलीबाट धेरै खेलाडीले आईपीएलमा ‘डेब्यू’ गरेका छन् । यस्ता खेलाडीसँग ठुला प्रतियोगिता खेल्न अनुभवको कमी हुन्छ । जेराल्ड कोट्जी पनि यसैको उदाहरण हुन् । उनले जारी आईपीएलमा हालसम्म १२ विकेट लिएका छन् । तर, अनुभवको कमी र बलिङमा विविधताको अभाव भएका कारण उनले करिब १० को इकोनोमी रेटमा रन दिएका छन् ।

तिखो न्यूज

तिखो न्यूज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौर कारागारबाट भागेका ५२ कैदीबन्दी पक्राउ

सिंहदरबार भित्रका कार्यालय सरसफाइमा जुट्न निजामती कर्मचारीको आह्वान

अमेरिकी छापामारीपछि कम्पनीहरू अमेरिकामा पैसा लगाउन हच्किनेछन्ः लि जाए म्युङ

‘जेनजी’ भन्दै रास्वपा नेता गणेश कार्कीले बनाएर पठाए राष्ट्रपति कार्यालयमा सूची

संविधान र संसद् भंग नगर्नुहोस्, संक्रमणकालीन अवस्थामा स्थायित्व आवश्यक छ : सीके राउत

जंगीअड्डा वरिपरि सेनाको कडाइ, अनावश्यक भिड नगर्न माइकिङ

तिखो मिडिया नेटवर्क द्वारा सञ्चालित तिखो न्युज डटकम
www.tikhonews.com
ठेगाना:- गरुडा नगरपालिका –४ रौतहट
+९७७९८४५२५२०३२
इमेल:- tikhonews@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : गौतम कुमार साह
  • +९७७९८४५२५२०३२
    • सह सम्पादक : ...............
    • +९७७ ९८१४७९१६२१
      • सम्वाददाता : ....................

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.