काठमाडौँ । दर्ता नभएको बहानामा फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्धको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।
सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको ठहर गर्दै आइतबार माइतीघर मण्डलमा विरोध प्रदर्शन गरिएको हो ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले दर्ता नभएको बहानामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।


सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाइएको हो ।