Tikho News
Thursday, September 11, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Tikho News
No Result
View All Result

Home » रौतहटमा बोक्सीको आरोपमा एक महिलालाई निर्घात कुटपिट

रौतहटमा बोक्सीको आरोपमा एक महिलालाई निर्घात कुटपिट


रौतहट – रौतहटमा बोक्सीको आरोपमा एक वृद्ध महिलालाई निर्घात कुटपिट गरिएको छ । जिल्लाको गरुडा नगरपालिका–८ बसबिट्टि जिङ्गडियाका रामएकवाल साह बानियाको ५५ बर्सिया श्रीमती सुशीला देवीलाई बोक्सीको आरोपमा छिमेकीहरूले आज निर्घात कुटपिट गरी कपाल समेत काटेर मलमूत्र खुवाएको घटना बाहिर आएको छ । स्थानीय ४० वर्षीय दिनेश साह कानु, कानुका २२ वर्षीय छोरा गोलु साह कानु र सोही ठाउँका ३५ वर्षीय विक्रम साह कानु तिनै जना मिलेर सुशीला देवीलाई बोक्सीको आरोप लगाई  निर्घात कुटपिट गरेको र कुटपिटपछि कपाल मुंडन गरी दिशा खुवाएको पीडित पक्षले बताएको छ ।

सामूहिक कुटपिटबाट घाइते भएकी सुशीला देवीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आज दिउँसो बोक्सीको आरोपमा बसबिट्टि जिङ्गडियाका दिनेश साह कानु, उनको छोरा गोलु र विक्रम साह मिलेर सुशीला देवीलाई कुटपिट गर्नुका साथै उनको कपाल समेत काटिदिएको र दिशा पनि खुवाएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

घटना कसरी भयो कुटपिट गर्ने मध्येका दिनेश साह कानुको श्रीमती ३७ बर्सिया सङ्गीता देवी आज बिहान अकस्मात् बिरामी भएकी थिइन् । त्यसपछि परिवारका सदस्यहरूले उनलाई उपचारका लागि गरुडा स्थित रहेको रोमा हस्पिटलमा लगेका थिए । तर रोमा हस्पिटलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्जतर्फ लैजाने क्रममा सङ्गीता देवीको बाटोमै मृत्यु भएको थियो ।

छिमेकी रामएकवाल साह बानियाको ५५ बर्सिया श्रीमती सुशीला देवीले नै टुनामुना लगाएको कारण बिरामी भई सङ्गीता देवीको मृत्यु भएको भन्दै मृतक सङ्गीता देवीका श्रीमान् दिनेश साह कानु लगायत तिन जना मिलेर सुशीला देवीलाई कुटपिट गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

बोक्सीको आरोपमा सुशीला देवीलाई कुटपिट गरिएको र कपाल समेत काटेर दिशा खुवाएको खबर प्राप्त हुनासाथ दिउँसो तिन बजेको समयमा प्रहरी चौकी बिर्ताका प्रहरी सहायक निरीक्षक र इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र ढकालको कमान्डमा तत्काल प्रहरी टोली पुगेर महिलाको उद्धार गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्ने बित्तिकै कुटपिट गर्नेहरू तिनै जना फरार भएका थिए । फरार भएका उनीहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । पीडित परिवार दोषीलाई पक्राउ गरी कार्यवाही गर्न भन्दै आज साँझ इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दरखास्त दिएका छन् । बोक्सीको आरोपमा वृद्ध महिलालाई अमानवीय व्यवहार गर्ने दोषीहरूमाथि मुद्दा चलाउने प्रहरीको तयारी छ । घटना बारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

तिखो न्यूज

तिखो न्यूज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौर कारागारबाट भागेका ५२ कैदीबन्दी पक्राउ

सिंहदरबार भित्रका कार्यालय सरसफाइमा जुट्न निजामती कर्मचारीको आह्वान

अमेरिकी छापामारीपछि कम्पनीहरू अमेरिकामा पैसा लगाउन हच्किनेछन्ः लि जाए म्युङ

‘जेनजी’ भन्दै रास्वपा नेता गणेश कार्कीले बनाएर पठाए राष्ट्रपति कार्यालयमा सूची

संविधान र संसद् भंग नगर्नुहोस्, संक्रमणकालीन अवस्थामा स्थायित्व आवश्यक छ : सीके राउत

जंगीअड्डा वरिपरि सेनाको कडाइ, अनावश्यक भिड नगर्न माइकिङ

तिखो मिडिया नेटवर्क द्वारा सञ्चालित तिखो न्युज डटकम
www.tikhonews.com
ठेगाना:- गरुडा नगरपालिका –४ रौतहट
+९७७९८४५२५२०३२
इमेल:- tikhonews@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : गौतम कुमार साह
  • +९७७९८४५२५२०३२
    • सह सम्पादक : ...............
    • +९७७ ९८१४७९१६२१
      • सम्वाददाता : ....................

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.